नेभिगेशन
सबै कुरा

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ । 

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।  त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको थियो । बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । 

दुई दिनको सुनवाइमा वादी अर्थात जाहेरीकर्ताका तर्फबाट १० वकिलहरूले बहस गरेका थिए भने बुधबार प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले बहस गरेका थिए । उनका तर्फबाट बिहिबार ६ जना अधिवक्ताहरूले बहस गर्नेछन् ।

दुवैतर्फका वकिलहरुले बहस सकेपछि पुनः वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले फैसला सुनाउनेछन् । 

उक्त बहस आजै सकिन्छ र न्यायाधीशले आजै फैसला सुनाउँछन् वा सुनाउँदैनन् भन्ने विषय अन्यौल छ । यद्यपी सन्दीपविरुद्धको मुद्दाको फैसला बिहिबार नै हुने सम्भावना भने प्रबल छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

रवि लामिछानेको मुद्दामा जिल्लाबाट फाइल झिकाउन आदेश

आज उच्च अदालत बुटवल इजलासले उक्त आदेश गरेको हो । लामिछाने र जोशीको मुद्दामा न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासमा सुनुवाई भएको थियो ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

“अदालतको फैसला वा आदेशको परोक्ष रूपले पालना नगर्ने कार्यले स्वेच्छाचारिताको प्रवर्द्धन गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेश वा फैसला अक्षरसः पालनाका लागि अनुरोध गर्दै अदालतप्रतिको आस्थामा आँच आउने...
राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।
सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम...

भर्खरै