नेभिगेशन
सबै कुरा

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई हुँदै, आजै फैसला आउने सम्भावना

आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् ।

Ncell
Extreme Energy

सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।  त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको थियो । बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । 

दुई दिनको सुनवाइमा वादी अर्थात जाहेरीकर्ताका तर्फबाट १० वकिलहरूले बहस गरेका थिए भने बुधबार प्रतिवादी सन्दीपका तर्फबाट मुरारी सापकोटाले बहस गरेका थिए । उनका तर्फबाट बिहिबार ६ जना अधिवक्ताहरूले बहस गर्नेछन् ।

दुवैतर्फका वकिलहरुले बहस सकेपछि पुनः वादीपक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले फैसला सुनाउनेछन् । 

उक्त बहस आजै सकिन्छ र न्यायाधीशले आजै फैसला सुनाउँछन् वा सुनाउँदैनन् भन्ने विषय अन्यौल छ । यद्यपी सन्दीपविरुद्धको मुद्दाको फैसला बिहिबार नै हुने सम्भावना भने प्रबल छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...