नेभिगेशन
समाज

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन चैत २७ गते

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । 

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले २७ गतेका लागि मिति तय भएको जानकारी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन् । साथै उनले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए । 

Ncell
Extreme Energy

चैत २२ गते सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । सभामुखले उपसभामुखको निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । सोही अनुसार सभामुख अर्यालले मिति तोकी सदनलाई जानकारी गराएका हुन् । 

त्यस्तै सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । 

सभामुख रास्वपाबाट भइसकेकाले उपसभामुख अन्य दलबाट बन्नेछन् । एकल उम्मेदवारी परेको अवस्थामा भने सभामुख र उपसभामुख एएटै दलको बन्न सक्छन् । 

उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...