नेभिगेशन
समाज
गृहमन्त्रीका कुराः

स्वीस राजदूतलाई सुधनले भनेः नेपालीले 'स्वीस ब्याङ्क'मा राखेको पैसा खोज्न सहयोग गर्नुहोस्

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपालका उच्च पदस्थ व्यक्तिहरूले “भ्रष्टाचार गरेर” स्वीस ब्याङ्कमा रकम जम्मा गरे या नगरेको विषयमा अनुसन्धानका लागि सहकार्य गर्न नेपालस्थित स्विस राजदूतलाई अनुरोध गरेका छन्।

गृह मन्त्रालयमा बुधवार भएको भेटमा गृहमन्त्री गुरुङले अवैध रूपमा रकम जम्मा गरेको देखिए त्यो फिर्ता ल्याउने व्यवस्थाका लागि पहल गरिदिन नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डेनियल म्युवलीलाई अनुरोध गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विकास सहकार्य, शुसासन र विपद् व्यवस्थापनका बारेमा उक्त भेटवार्तामा छलफल भएको स्विस राजदूतावासले जनाएको छ।

Ncell
Extreme Energy

राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् ।

भेटघाटको राजदूतले दुई देशको सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाएकी थिइन् । मन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको जानकारी गराएका थिए ।


राजदूतले विपद् व्यवस्थापनको नेपालमा जलवायु परिवर्तन एवम् विपद जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...