नेभिगेशन
समाज

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टी कि राप्रपालाई ?

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । 

संसद् सचिवालयका अनुसार उपसभामुखको मनोनयन दर्ताका लागि बिहीबार(आज) बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।
दिउँसो साढे २ बजे पछि उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै २७ गते ४ बजे हुने निर्वाचनमा उम्मेदवारहरूको नाम अनुसार निर्णयार्थ प्रस्तुत हुनेछ। 

Ncell
Extreme Energy

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र अन्य दलका पनि पुरुष उम्मेदवार बन्न पाउने छैनन्।

सभामुख रास्वपाबाट पुरुष चयन भएकाले उपसभामुखमा अन्य दलबाट महिला चयन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । 

उपसभामुखमा रास्वपाका समर्थन कुन दललाई ?

सङ्घीय संसद्को प्रतिनिधिसभाले सभामुख पाएसँगै उपसभामुखमा रास्वपा बाहेकका प्रतिपक्ष दलले पाउने छन् । तर संसद्मा १८१(सभामुख बाहेक) सिट रहेको रास्वपाका समर्थनले भने उपसभामुख बनाउनलाई निर्णायक हुने छ । 
रास्वपा उच्च स्रोतका अनुसार स‍‍सदका साना दलहरू काँग्रेस, एमाले र नेकपासँग उपसभामुखका विषय लगभग कुराकानी सकिएको छ । 'रास्वपाले यी दलहरू भन्दा पनि राप्रपा वा श्रम संस्कृति पार्टीसँग सहकार्य गर्ने सम्भावना उच्च छ ।' 

स्रोतका अनुसार अहिले राप्रपा र श्रम संस्कृति पार्टी दुबैसँग समान रुपमा छलफल चली रहेको छ ।

श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्दा जनादेशको सम्मान सहित राजनीतिमा सकारात्मक सन्देश पनि जाने भएकाले सकेसम्म श्रम संस्कृति पार्टीबाटै योग्य उम्मेदवार खोजिएको छ । 

साथै राप्रपासँग पनि केही राजनीतिक एजेन्डा बाहेक सुशासनका सवालमा दुरी नभएकाले राप्रपाका उम्मेदवार हेरेर राप्रपालाई समर्थन गर्न पनि  सकिने रास्वपाका एक नेताले बताए । 

अहिले श्रम संस्कृति पार्टी र राप्रपा दुवैले उम्मेदवारको तयारी गर्दै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...