नेभिगेशन
समाज

रिहा भएपछि रमेश लेखकः कानुनी र राजनीतिक लडाइँ जारी रहने छ

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराउँदै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्। 

हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस क्रममा उनले जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अप्रमाणित भएको आरोप पनि लगाएका छन्। 

Ncell
Extreme Energy

‘गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु’, लेखकले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभचिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’

उनले अगाडि लेखेका छन्, ‘साथै परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म कानुन पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...