नेभिगेशन
समाज

सिता वादीको सम्पत्तिः १८ तोला सुन, १५ लाख बैंकमा मौज्दात, अरु के के ?

काठमाडौँ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता वादीको काठमाडौँको बुढानिलकण्ठ घरको रहेको उल्लेख गरेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले उक्त घर जग्गा ससुरा बुवा सुन्दर पुर्कुटीको पैतृक सम्पत्ति रहेको खुलाएकी छिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनको सुर्खेतमा ८४.६५ बर्गमिटर जग्गा रहेको छ । उनका पति सुरेश पुर्कुटीको नुवाकोटमा जग्गा रहेको छ । 

त्यस्तै उनले आफूसँग नगद ५० हजार रहेको, सुन १८ तोला र चाँदी १५ तोला रहेको खुलाएकी छिन् । 

उनको एनआइसी एसिया र प्रभु बैंकमा १५ लाख रुपैयाँ मौज्दात रहेको छ । उनले यो रकम आफ्नो र श्रीमानको नाममा जम्मा रहेको र आवश्यक परे पछि सबै खुलाउने बताएकी छन् । 

उनको ३ लाख ३० हजार मूल्य बराबरको स्कुटरको श्रीमान्को २ लाख ६० हजार मूल्य बराबरको पलसर मोटरसाईकल रहेको खुलाएकी छिन् ।

उनको २० ओटा कुखुरा र १ कुकुर रहेको पनि सम्पत्ति विरणमा खुलाएकी छिन् । 

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।