नेभिगेशन
समाज

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– 'सज्जनका हातमा गोबर छ'

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। पछिल्लो समय पार्टी नेतृत्व, विशेषगरी सभापति गगन थापासँग असन्तुष्ट रहेका बजगाईंले आइतबार साँझ सामाजिक सञ्जाल 'एक्स' मार्फत आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन्।

पार्टीभित्रको आन्तरिक खिचातानी र कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै उनले कांग्रेस अब विचलित मानसिकता भएकाहरूको भीड बनेको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ। पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजगाईंले पार्टी क्रियाशील सदस्यता खारेजीको घोषणाप्रति पनि असन्तुष्टि पोखेका छन्। सभापति थापातर्फ संकेत गर्दै उनले प्रश्न गरेका छन्, ‘त्यो (सदस्यता) फेरि-फेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य नै थिएन नि।’

Ncell
Extreme Energy

कांग्रेसमा संस्कार, इतिहास र प्रगतिपथ अनिश्चितताको भुमरीमा हराएको उनको दाबी छ। केही निश्चित समूहले चरणबद्ध रूपमा पार्टी कब्जा गर्ने अभियान चलाएको भन्दै उनले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन्।

‘उनीहरूले यसरी खेल खेलिरहेका छन्— सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको डिएनए बनाउने,’ बजगाईंले आक्रोश पोखेका छन्।

गोरखाबाट राजनीतिमा सक्रिय र पर्यटन व्यवसायी समेत रहेका बजगाईंको बहिर्गमनले कांग्रेसभित्रको आन्तरिक विवादलाई फेरि सतहमा ल्याइदिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...