नेभिगेशन
समाज

गोकुल बास्कोटाको कटाक्षः मन्त्रीहरुको खेतमा तोरी फुलेछ, देश लंका बनेछ

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर तिखो व्यङ्ग्य गरेका छन्। मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख्य मात्रामा सुन र सम्पत्तिलाई खेतबारीमा फुलेको तोरीसँग तुलना गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्,'आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई!'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात रहेको देखिएको छ। प्रधानमन्त्री बालेनसँग १९० तोला सुन रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको हो।

Ncell
Extreme Energy

बाँस्कोटाले मन्त्रीहरू आर्थिक रूपमा सबल हुनुलाई व्यङ्ग्यात्मक रूपमा 'कङ्गालबाट मुक्ति' पाएको भन्दै सुशासनको उपहास गरेका छन्। उनी आफ्नो वाकचातुर्य र तिखो राजनीतिक टिप्पणीका लागि परिचित छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...