नेभिगेशन
समाज

राप्रपा सांसद् ओलीद्वारा साइबर ब्यूरोमा उजुरी, दुष्प्रचार र चरित्रहत्या गर्नेविरुद्ध कारबाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सुनियोजित दुष्प्रचार र चरित्रहत्याको गतिविधि भैइरहेको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन् ।

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकजस्ता माध्यमबाट योजनाबद्धरुपमा आफू विरुद्ध व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति गर्ने उद्देश्यबाट आधारहीन सामग्री प्रसारण भएको भन्दै कारबाहीको माग गर्दै सोमबार उजुरी दर्ता गराएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ।’ उनले भनिन् ।

Ncell
Extreme Energy

राप्रपा सांसद ओलीले कसैको जीवनमा क्षति पुग्नेगरी घृणा फैलाएर त्यसबाट लाभ कमाउने प्रवृति समाजका लागि खतरा भएको बताउँदै यस्ता विषयलाई सामान्यीकरण नगर्न उनले आह्वान समेत गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।