नेभिगेशन
समाज

कांग्रेसको ‘जरा’ अभियान सुरु, सभापति थापाले गरे क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ।

सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियान सुरु गरेका हुन् । क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले बताए ।

Ncell
Extreme Energy

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ । पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैं जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताहरुले बताएका छन् । पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...