नेभिगेशन
सबै कुरा

१४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध मुद्दा दर्ता, एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्‍ला अदालत काठमाडौँमा १० जनाविरूद्ध मुद्दा दायर गरेको हो । गत मंसिर २१ गते फ्लाई दुबईबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट भन्सार कार्यालयले १४ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा अनुसन्धानपछि भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमार्फत १० जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

CG

उक्त प्रकरणमा प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले अनुसन्धान गरी पुस ८ गते नै कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

भन्सार कार्यालयले सोमबार प्रतिवादी बनाएकामध्ये ८ जना पक्राउ परिसकेका छन् भने २ जनालाई फरार कायम गरी मुद्दा दायर गरिएको छ ।

भन्सार कार्यालयले प्रतिवादी बनाएकाहरुमा मिनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ, उनकी श्रीमती बिना गुरूङ, विमानस्थलका प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने र मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् ।

उनीहरुले पटक पटक गरेको १३८ किलो सुन तस्करीको एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी गरेको छ। त्यस्तै उनीहरुलाई भन्सार ऐन, २०६४ अनुसार उनीहरूलाई कैद सजाय मागदाबी गरिएको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...

भर्खरै