नेभिगेशन
सबै कुरा

१४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध मुद्दा दर्ता, एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा दोषी देखिएकाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार जिल्‍ला अदालत काठमाडौँमा १० जनाविरूद्ध मुद्दा दायर गरेको हो । गत मंसिर २१ गते फ्लाई दुबईबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट भन्सार कार्यालयले १४ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा अनुसन्धानपछि भन्सार कार्यालयले सरकारी वकिल कार्यालयमार्फत १० जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

Ncell
Extreme Energy

उक्त प्रकरणमा प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले अनुसन्धान गरी पुस ८ गते नै कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

भन्सार कार्यालयले सोमबार प्रतिवादी बनाएकामध्ये ८ जना पक्राउ परिसकेका छन् भने २ जनालाई फरार कायम गरी मुद्दा दायर गरिएको छ ।

भन्सार कार्यालयले प्रतिवादी बनाएकाहरुमा मिनबहादुर घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, डनबहादुर गुरूङ, उनकी श्रीमती बिना गुरूङ, विमानस्थलका प्लम्बर शेरबहादुर बस्नेत, कार्यालय सहयोगी रमेश देउला, लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने र मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् ।

उनीहरुले पटक पटक गरेको १३८ किलो सुन तस्करीको एक अर्ब ४० करोड रुपैयाँको बिगो मागदाबी गरेको छ। त्यस्तै उनीहरुलाई भन्सार ऐन, २०६४ अनुसार उनीहरूलाई कैद सजाय मागदाबी गरिएको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...
भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै...