नेभिगेशन
समाज

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

काठमाडौँ । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो ।

यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

Ncell
Extreme Energy

यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ ।

पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए।

आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

बीस जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन–तीन जनालाई रु १०–१० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।