नेभिगेशन
समाज

रास्वपाको निलो क्रान्ति धेरै टिक्दैन, अब उज्यालो नेपाल पार्टीले हरित क्रान्ति गर्छः कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्याण्डेडबिपरितको काम गरे प्रतिवाद गर्ने बताएका छन् । 

उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौंमा अयाोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले परिवर्तनको लागि जनताबाट दुई तिहाई मत पाएर बनेको सरकार सफल हुनुपर्ने भन्दै सरकारले जनता निराश हुने काम गरे प्रतिवाद गर्ने बताएका हुन् । उनले करसम्बन्धी सरकारको नयाँ व्यवस्था अव्यहारिक भएको धारणा राखे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले जनतालाई राहत दिनुपर्नेमा विद्युतमा कर लगाउने निर्णयले उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने उनले बताए । 

Ncell
Extreme Energy

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर जनताको समस्याहरू बोकेर नेपालको सशक्त पार्टीको रूपमा स्थापित हुने दावी गरे । अब नयाँको विकल्प फेरि पनि पुरानो हुन नसक्ने भन्दै उनले नयाँको विकल्प नयाँ उज्यालो नेपाल पार्टी मात्रै भएको दावी गरे । 

‘नयाँको विकलप फेरि पनि पुरानो हुन सक्दैन । नयाँको विकल्प नयाँ नै हुन्छ । त्यो भनेको उज्यालो नेपाल पार्टी मात्रै हो ।’ उनले भने । 

आगामी प्रदेश र स्थानीय निकायको चुनावमा उज्यालो पार्टीले देशभर जरा गाड्ने उनको भनाइ छ । अध्यक्ष घिसिङले रास्वपाको निलो क्रान्ति धेरै नटिक्ने समेत बताए ।  

दिगो रूपमा नेपाललाई संस्थागत गर्न अन्तिम विकल्प हरित क्रान्ति भएकाले हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने उनले बताए । घिसिङले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले निलो क्रान्ति भनेर उहाँहरुले गर्नुभयो । तर निलो क्रान्ति धेरैदिन टिक्दैन । अन्तिम क्रान्ति भनेको हरित क्रान्ति हो । ग्रीन रिभोलुसन हो । यो देशको दिगो विकास र राजनीतिक स्थायित्वको लागि आवश्यक भनेको हरित क्रान्ति हो । यो उज्यालो नेपाल पार्टीले गर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ।