नेभिगेशन
समाज

संयुक्त राष्ट्रसङ्घद्वारा इरानी आणविक केन्द्रमा निरीक्षण हुने सङ्केत

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल मारियानो ग्रोसीले इरानका आणविक संवर्धन केन्द्रहरूमा आफ्ना निरीक्षकहरूले पुनः पहुँच पाउने सङ्केत गरेका छन्।

अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीअनुसार ती केन्द्रहरूको निरीक्षण हुने उनको भनाइले युद्धपछिको आणविक विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति भएको देखाएको छ । जापानको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ग्रोसीले अमेरिका र इरानबीच भएका केही परस्परविरोधी अभिव्यक्तिलाई ‘शब्दहरूको युद्ध’ को संज्ञा दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको समझदारीपत्रमा आइएइएद्वारा निरीक्षण गरिने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको बताए। ग्रोसीका अनुसार आणविक सामग्री र सम्बन्धित गतिविधिमाथि आइएइएको निगरानी रहने सहमति भएको छ । निरीक्षण भोलिपल्ट होस्, एक सातापछि होस् वा केही दिनपछि, अन्ततः निरीक्षण हुने निश्चित रहेको उनले बताए ।

Ncell
Extreme Energy

इरान र अमेरिकाबीच हालै भएको अन्तरिम सम्झौताले इरानको उच्च स्तरमा संवर्धित युरेनियम भण्डारलाई घटाउने व्यवस्था गरेको छ । उक्त प्रक्रिया प्रभावकारी बनाउन आइएइएको निरीक्षणलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

सन् २०२५ मा इजरायल र इरानबीच १२ दिनसम्म चलेको युद्धपछि तेहरानले आइएइएलाई संवर्धन केन्द्रहरूमा प्रवेश गर्न दिएको छैन । ती केन्द्रहरूमा इरानले सम्भावित रूपमा आणविक हतियार निर्माण गर्न पर्याप्त मात्रामा समृद्ध युरेनियम भण्डारण गरेको आशङ्का पश्चिमी मुलुकहरूले गर्दै आएका छन् ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । यद्यपि, हतियार निर्माण कार्यक्रम नभएको दाबी गर्ने मुलुकहरूमध्ये इरान मात्रै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने देश बनेको छ ।

मङ्गलबार इरान र अमेरिकाका अधिकारीहरूले निरीक्षणको विषयमा फरक–फरक अभिव्यक्ति दिएका थिए । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत वर्ष अमेरिकी बमबारीमा परेका आणविक केन्द्रहरूको निरीक्षण गर्ने कार्यक्रम नभएको बताएका थिए।

युद्धपछि बुसेहर आणविक ऊर्जा केन्द्रलगायत केही स्थलमा आइएइएलाई प्रवेश दिइए पनि मुख्य संवर्धन केन्द्रहरूमा पहुँच नपाउँदा इरानको युरेनियम भण्डारको वास्तविक अवस्था पुष्टि गर्न नसकिएको एजेन्सीले जनाएको छ । युरेनियम संवर्धनमा प्रयोग हुने सेन्ट्रिफ्युजहरूको अवस्था जाँच गर्न पनि आइएइए असमर्थ रहेको छ ।

इरान र आइएइए दुवैले हाल कुनै नयाँ संवर्धन गतिविधि नभएको बताएका छन् । यद्यपि, केही अप्रसार विशेषज्ञहरूले इरानले आफ्नो युरेनियम भण्डार अघोषित स्थानमा सारेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

गत साता अमेरिका र इरानबीच भएको सम्झौताअनुसार तेहरानले आफ्नो समृद्ध युरेनियम भण्डार घटाउने तथा इरानी तेलमाथिका अमेरिकी समर्थनप्राप्त प्रतिबन्धहरू खुकुलो बनाउने सहमति भएको छ । दुवै पक्षलाई थप व्यापक समझदारीमा पुग्न ६० दिनको समय दिइएको छ ।

यसबीच लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबीचको तनावले युद्धविरामको अवस्थालाई चुनौती दिएको छ । मङ्गलबार लेबनानमा पुनः हिंसात्मक घटना भए पनि स्थिति थप जटिल बनेको छैन ।

यता अमेरिकी विदेशमन्त्री मार्को रुबियो तीन राष्ट्रको भ्रमणका क्रममा पर्सियन खाडी क्षेत्रमा पुगेका छन्। उनले अबुधाबीमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्नुभएको छ भने त्यसपछि कुवेत र बहराइन भ्रमण गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।