नेभिगेशन
समाज

त्रिविबाट दलीय विद्यार्थी संगठन हटाउन ६० दिनको समयसीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६० दिनभित्र सबै दलीय विद्यार्थी संघ, संगठन हटाउन आफ्ना सम्पूर्ण विभागहरूलाई निर्देशन दिएको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सम्पूर्ण विभागीय प्रमुखहरूलाई पत्र पठाउँदै ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो ।

विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनात्मक पत्रका आधारमा त्रिविले यो कदम चालेको हो। शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्न, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई सही ढङ्गले सम्बोधन गर्न तथा खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि यो निर्णय गरिएको निर्देशनालयका उप प्रशिक्षक सन्देशकुमार रेग्मीद्वारा जारी पत्रमा लेखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

​निर्देशनअनुसार अबको ६० दिनभित्र विश्वविद्यालय तथा विद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचनाहरू पूर्ण रूपमा हटाइसक्नुपर्नेछ। त्यसैगरी, दलीय संरचना हटाइएको ९० दिनभित्र विद्यार्थीहरूको साझा र स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि  ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ नामक नयाँ संयन्त्रको विकास गरिने जनाइएको छ।

Ncell
Extreme Energy

निर्देशनालयले यस कार्यलाई तोकिएको समय सीमाभित्रै सम्पन्न गरी सोको जानकारी यथाशीघ्र उपलब्ध गराउन समेत सबै विभागहरूलाई निर्देशनानुसार अनुरोध गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

भर्खरै