नेभिगेशन
समाज

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
    
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 
    
देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा,  कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । 
    
आज राति देशभर  साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी  प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।