नेभिगेशन
समाज

नेप्से परिसूचकमा ३० दशमलव ०९ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ ।

Ncell
Extreme Energy

आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो । आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो ।

नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

गरिमा चौधरीका परिवारसँग सरकारको तीनबुँदे सहमति, सात दिनभित्र कानुन सुधारको सुझाव

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।