नेभिगेशन
जनप्रतिनिधिका कुरा

विपक्षीको सहमतिमै बालेनले सिफारिस गरेका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी आह्वान गरेको छ । 

समितिको बिहीबार बसेको बैठकले प्रस्तावित तीनै जना विरुद्ध उजुरी आह्वान गरिएको सभापति बोधनारायण श्रेष्ठले बताए । उजुरी आह्वानका लागि शुक्रबार गोरखापत्रमा सूचनासमेत छापिनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वसाधारणले प्रस्तावित तीनैजना विरुद्ध १० दिनसम्म सूचना दिन पाउनेछन् । त्यसपछि उजुरीकर्तासँग छलफल गरेर प्रस्तावित व्यक्तिको सुनुवाइ हुनेछ । 

Ncell
Extreme Energy

संवैधानिक परिषद्ले १९ असारमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तमा सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत गरेको नियुक्ति सिफारिस प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको थियो । विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले पनि बालेनको प्रस्तावलाई सहमति जनाउँदै हस्ताक्षर गरेका थिए ।

परिषद्का अन्य सदस्यहरु सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुखले पनि समर्थन जनाउँदै नियुक्ति निर्णयमा हस्ताक्षर गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।