नेभिगेशन
समाज

१९ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४९ अङ्कले ओरालो लागेर चार सय ५४ दशमलव १९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २१ अङ्कले घटेर एक सय ७८ दशमलव ६८ मा पुगेको छ । साथै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९२ अङ्कले घटेर एक सय ५३ दशमलव ६७ मा पुगेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विभिन्न कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता शेयर रु चार अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूह घटेका छन् । आज ४२ कम्पनीको शेयर मूल्य बढ्यो भने दुई सय २९ कम्पनीको शेयर घटेको छ । 

Ncell
Extreme Energy

नेप्सेका अनुसार उपकार लघुवित्त वित्तीय संस्था, स्नो रिभर लिमिटेड र कुमारी सबल योजनाका लगानीकर्ताले आज कमाएका छन् भने विओके डिबेञ्चर, सल्पा विकास बैंक, थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।