नेभिगेशन
समाज

दाइ मेरो गल्ती छैन, बाआमालाई सम्हाल्नु भन्दाभन्दै भाइको बोली बन्द भयोः मदन

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेको गणेश नेपालीका दाजु मदन नेपाली भाइको अवस्था देखेर अस्पतालमै भक्कानिए । 


घाइते नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । जलन भएको भागको शल्यक्रिया गरिए पनि विरामीको अवस्थामा सुधार नआएपछि चिकित्सकहरु पनि चिन्तित देखिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको अवस्था यसै भन्न नसकिने उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । 

Ncell
Extreme Energy

शुक्रबार बिहान यहि विषयमा जानकारी दिन अस्पतालले गणेश दाजु मदनलाई साथै राखेर पत्रकार सम्मेलन गरेको थियो । 

मदन पत्रकार सम्मेलनमै भक्कानिएका हुन् । 

'दाइ मेरो गल्ती थिएन है, बाबाममीलाई राम्रोसँग सम्हाल्नु भन्यो त्यसपछि उसको बोली बन्द भइहाल्यो', मदनले भक्कानिँदै पत्रकार सम्मेलनमा भने । 

मदनका अनुसार हिजो दिउँसो ३ बजे प्रहरीले फोन गरेर भाइले आत्मदाहको प्रयास गरेको बारे जानकारी दिएका थिए । 

लगत्तै उनी अस्पताल पुग्दा भाइको अवस्था गम्भीर रहेको पाए । घाइते अवस्थामै उनको भाइसँग छोटो कुराकानी भएको, त्यसक्रममा भाइले महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाइदिएका कारण घटना भएको र आफ्नो केही दोष नभएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।