नेभिगेशन
मुख्य समाचार

नेपालनजिक सरेको छ मनसुनको न्यून चापीय रेखा, के हो मनसुन ट्रफ ? कहाँ कहाँ छ जोखिम ?

काठमाडौँ । जल तथा मौसम विभागले नेपालमा भारी वर्षा गराउने गरी मनसुनको न्यून चापीय रेखा तराई भूभागतिर सरेको बताएको छ ।

जसका कारण सोमबार दिउँसो कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा प्रक्षेपण गरिएको छ । सोमबार राति कोशी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी देखि धेरै भारी वर्षा, बागमती र गण्डकी प्रदेशको पहाडी र तराईका भूभागमा भारी वर्षा आकलन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागकाअनुसार २४ घण्टामा सय मिलिमिटरसम्म पानी परेमा भारी वर्षा, सय मिलिमिटरदेखि दुई सय मिलिमिटरसम्म पानी परेमा धेरै भारी वर्षा भएको भन्ने गरिन्छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान संकायका सहप्राध्यापक विनोद पोखरेलकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थान(भारततर्फ) भन्दा केही उत्तर (नेपालको तराई भूभाग) तर्फ सरेको छ । यसका कारण धेरै ठाउँमा वर्षातको सम्भावना छ । 

Ncell
Extreme Energy

'मनसुनको न्यून चापीय रेखा नेपालनजिक आएसँगै देशभरि राम्रो वर्षा हुँदैछ । अति भारी वर्षा यो हप्ताभरी देखिँदैन । तर भारी वर्षा छोटो समय पर्न सक्छ,' उनले भनेका छन् । पोखरेलकाअनुसार वर्षाको क्रम अर्को हप्ता पनि रहनेछ । विभिन्न मोडलहरुले अर्को हप्ता ठूलो पानी पर्न सक्ने सम्भावना देखाए पनि अहिले यकिन गर्न नसकिने उनले बताएका छन् । 

विभागले मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पनि विभागको भनाइ छ ।

के हो मनसुन ट्रफ अर्थात न्यून चापीय रेखा ? 

मनसुन ट्रफ एक विस्तृत र लामो निम्न वायुमण्डलीय चापको क्षेत्र हो । जसलाई अंग्रेजीमा लो प्रेसर एरिया भनिन्छ । जुन मनसुनयाममा उष्णकटिबन्धिय क्षेत्रमा देखा पर्छ ।

यो पृथ्वीको धेरै तातो हुने वा समुद्रको माथि बन्ने गर्छ । सजिलो शब्दमा भन्दा यो वायुमण्डलमा रहेको एक यस्तो बेल्ट हो, जहाँ हावाको चाप कम हुन्छ ।

जसले गर्दा वरिपरिको हावा यस क्षेत्रतिर सोझिन्छ र बादल निर्माण गरी घना पानी पार्छ । सूर्यको तापले जमिन वा समुद्रको सतह तताउँछ । यसकारण त्यहाँको हावा तातेर माथि उठ्छ । हावा माथि उठ्दा निम्न चापको क्षेत्र बन्ने मौसमविद् बताउँछन् ।

यस क्षेत्रमा उच्च चाप भएका स्थानहरुबाट हावाहरु आउँछन् । जब यी हावाहरू मनसुन ट्रफमा मिल्छन् तिनीहरु माथितिर सोझिन्छन् । माथि गएको ओसिलो हावा चिसिन्छ । र सघन भएर ठूलो मात्रामा मुसलधारे पानी पर्छ ।

मनसुनको ट्रफ सधै एकै ठाउँमा रहँदैन । यो उत्तर वा दक्षिणतर्फ सरिरहन्छ । जब यो ट्रफ नेपालको नजिक विशेषत: हिमालयको फेदमा आउँछ, तब नेपालमा अत्यधिक वर्षा भएर बाढी र पहिरोको जोखिम बढ्छ ।

भारततिर सरेको वा यथास्थानमा रहेको अवस्थामा मनसुन केही कमजोर वा ब्रेक लिन्छ भन्ने मान्यता छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आइतबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।
कालीगण्डकी बाढी : अस्थायी टावर बनाएर विद्युत् प्रसारण सुरु

कालीगण्डकी बाढी : अस्थायी टावर बनाएर विद्युत् प्रसारण सुरु

कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरी विद्युत् आपूर्ति सुचारु गरिएको छ ।