नेभिगेशन
समाज

मौसमविद्को चिन्ता- एलनिनोले तराई सुख्खा बनाउने भयो, पहाडमा भने औसत वर्षा

काठमाडौँ । मौसमविद्ले एलनिनोको प्रभाव नेपालको तराई क्षेत्रमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागले मनसुन ऋतुको वर्षा प्रक्षेपण गर्दै यस वर्ष एलनिनोका कारण औसतभन्दा कम पानी पर्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको बताएको थियो । तर मनसुन सुरु हुने वितिकै पहाडी तथा हिमाली क्षेत्रमा सरदर नै वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो केही दिन यता मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर सरेकाले नेपाललाई राहत पनि भएको छ । असारको अन्त्यसम्म आइपुग्दा करिब ५० प्रतिशत रोपाइँ सकिसकेको छ । 

Ncell
Extreme Energy

मौसमविद् विनोद पोखरेलकाअनुसार आगामी दुई हप्ता पूर्वी तराई बाहेक देशभर उल्लेख्य वर्षा हुने विभिन्न मोडलहरुले देखाएका छन् । तर एलनिनोले तराईमा कम पानी पार्ने देखाएको छ । एलनिनो सक्रिय नहुँदा पनि पछिल्ला केही वर्षमा तराई क्षेत्रमा कम पानी परेको थियो । अघिल्लो वर्ष त वर्षायाममै पानीको संकट चुलिएको थियो । 

यस वर्ष एलनिनोको सिधा प्रभाव तराई तथा मधेशमा देखिन लागेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनकाअनुसार पहाडी भेगमा साउन १५ सम्मै औसत वर्षा हुने देखिन्छ । 

के हो एलनिनो?

एलनिनो भनेको प्रशान्त महासागरको मध्य र पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम  औसतभन्दा धेरै तातो हुने प्राकृतिक जलवायु प्रक्रिया हो । यसका कारण विश्वभरीको वायुमण्डलीय चक्रलाई प्रभावित तुल्याउँछ । यसकारण कतै खडेरी, कतै वर्षा र बाढी निम्त्याउँछ ।  मौसमविद्हरुले एलनिनोको अवस्थाबाट बाहिर निस्केर लानिनातर्फ बढिरहेको बताए पनि एलनिनोको प्रभाव एसियामा अहिले पनि छ । सामान्यतया एलनिनोको वर्षमा नेपालमा मनसुन केही कमजोर देखिन्छ । वर्षाको प्रणाली पनि केही कमजोर देखिन्छ । नेपालमा यसपटक सरदरभन्दा ६ दिन ढिला मनसुन भित्रिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले छाड्यो एमाले नेतृत्वको कर्णाली सरकार, चार मन्त्रीले दिए राजीनामा

कांग्रेसले छाड्यो एमाले नेतृत्वको कर्णाली सरकार, चार मन्त्रीले दिए राजीनामा

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकार छाडेको छ ।
एक झर पानीमै किन डुब्यो सुकुम्बासी राखिएको होल्डिङ सेन्टर ? विज्ञको रिसर्चमा भेटियो नयाँ तथ्य

एक झर पानीमै किन डुब्यो सुकुम्बासी राखिएको होल्डिङ सेन्टर ? विज्ञको रिसर्चमा भेटियो नयाँ तथ्य

काठमाडौँका अव्यवस्थित बसोबासी एवं सुकुम्बासीहरुलाई उनीहरुको वर्गीकरण नहुन्जेल अस्थायी प्रबन्ध भन्दै त्यहाँ राखिएको थियो । तर सामान्य पानी पर्ने वित्तिकै राति बाढी आएर डुबानमा पर्‍यो ।
मिडिया हाउसअगाडि गाडी राखेर राज्यले आफैं आतंकित बनाउन खोज्यो, कारवाही होस् : मनिष झा

मिडिया हाउसअगाडि गाडी राखेर राज्यले आफैं आतंकित बनाउन खोज्यो, कारवाही होस् : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।

भर्खरै