नेभिगेशन
समाज

नेप्से परिसूचकमा ७९ दशमलव ७४ अङ्कको वृद्धि

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ ।

Ncell
Extreme Energy

आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने  १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।