नेभिगेशन
मुख्य समाचार

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ आज, यस्तो छ उनीविरुद्ध परेको उजुरी

काठमाडौँ । निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको आज संसदीय सुनुवाइ हुँदैछ । सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११:१५ बजे सिंहदरबारमा बस्दैछ । समितिले सुरुमा उजुरीकर्तासँग छलफल गर्दैछ । 

पाल्पा तानसेन नगरपालिका– ९ का भेषराज लुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् । फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा अनाधिकृतरुपमा चर्को शुल्क लिएर नेपालीलाई ठगी गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता गराउन खोज्ने रजिष्टार पदमा रहेका कार्कीले अस्वभाविक रुपमा नियमविपरित रोकेको र यसमा ठगी गर्नेहरुसँग उनको मिलेमतो हुनसक्ने भन्दै छानबिन गर्नुपर्ने माग उजुरीमा गरिएको छ । उजुरी प्रधानमन्त्री कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सभापति बोधनारायण श्रेष्ठले सुरुमा उजुरीकर्तासँग उजुरीको विषयमा छलफल गरिने र त्यसपछि प्रस्तावित व्यक्तिको सुनुवाइ गरिने बताए । 

Ncell
Extreme Energy

समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । दुबैले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । दुबैविरुद्ध कुनै उजुरी परेको थिएन । 

प्रमुख आयुक्तको सुनुवाइ सकिएपछि समितिले अनुमोदन गर्ने वा नगर्ने भनेर निर्णय सुनाउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।