नेभिगेशन
समाज

काठमाडौँकाे भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट युवकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा २२ वर्षीय वसन्त कालाथोकीलाई शुक्रबार बिहान होस्टलमै १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ ।
–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिन अध्यादेशमार्फत ल्याएको कानुनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...

भर्खरै