नेभिगेशन
समाज

फोनमा चर्को स्वरमा बोलेको रिसमा साथीको घाँटी रेटेर हत्या

बागलुङ ।बागलुङमा सामान्य विवादलाई लिएर संगै काम गर्ने मजदुर साथीको हत्या भएको रहस्य खुलेको छ । 
जिल्ला प्रहरी कार्यालय बागलुङले  साउन २६ गते राती जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा भएको हत्यामा नयाँ रहस्य खुलाएको हो ।
 प्रहरीका अनुसार चक्कु प्रहारबाट एक मजदुर युवाको हत्या आफ्नै संगै काम गर्दे दुई साथीले गरेको पाइएको हो । 

धम्जा माझकटेरामा श्रमीकका रूपमा आई बसोवास गर्दै आएकार ढोरपाटन नगरपालिका ७ का ३६ वर्षीय अशोक खत्रीलाई मदिरा सेवन गरी फोनमा चर्को स्वरमा बोलेको झोकमा दुई मजदुर साथीले तरकारी काट्ने चक्कुले घाटी रेटेर हत्या गरिएको पाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चक्कु प्रहार गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षका अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ बस्ने वर्ष ३६ का रिख दमाईलाई अनुसन्धानका लागि २६ गते नै पक्राउ गरिएकोमा उनिहरुले मदिरा सेवन गरी आपसी विवादमा चक्कु प्रहार गरी साथीको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिए । 

Ncell
Extreme Energy

“अघिल्लो रात फोनमा चर्को कुरा गरेको विषयमा तीन जना साथीहरुबी झै–झगडा भएको र अर्को दिन मदिरा सेवनपछि अधिल्लोदिनको झगडाको विषयमा विवादपछि खत्रीलाई अर्जुन घर्तीमगरले धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको पाइयो” प्रहरी उपरिक्षक प्रसाईले भने“गाउँमा ओखरको बोट रोप्न आवश्यक खाल्टो खन्नका लागि उनिहरु धम्जा आएको र सामान्य विवादमा साथीको हत्या भएको पाइयो, मृतकको श्रीमती दिलमाया भण्डारीले कर्तव्यजान कसूरमा सोही व्यक्तिहरुलाई किटानी जाहेरी  दिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।” 

चक्कु प्रहारपछि खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

बालेन सरकारले सुकुम्बासी समस्या निमिट्यान्स पार्न कानुन ल्याउँदा कांग्रेसले गर्‍यो विरोध

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिन अध्यादेशमार्फत ल्याएको कानुनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...

भर्खरै