नेभिगेशन
समाज

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँ । काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् । 

जिल्ला प्रहरी परिसरका काठमाडौँअनुसार दाङ घोराही उपमहानगरपालिका १७ निवासी २२ वर्षीय बसन्त कालाथोकीको शुक्रबार विहान काठमाडौँ–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । होस्टलमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते कालाखेतीलाई उपचारका लागि सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवारका जेठा छोरा बसन्तको हत्याको खबर सुनेर उनकी आमा ३८ वर्षीय बिना कालाथोकीले पनि मृत्यु रोजेकी हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. हेमबहादुर केसीकाअनुसार छोराको हत्याको खबर सुनेर आमाले आत्महत्या गरेकी हुन् । 'छोराको खबर सुनेर उहाँंले पनि ह्याङगिङ सुसाइड गर्नुभयो । बाबुको बुवालाई इनफर्म गरिएको छ । बाहिरबाट आइसकेपछि थप प्रक्रिया अघि बढ्छ,' उनले भने । 

Ncell
Extreme Energy

डिएसपी केसीकाअनुसार बसन्तका बुवा रोमहर्श कालाथोकी मलेसियाबाट सोमबार फर्किँदैछन् । 

प्रहरीकाअनुसार बसन्त काठमाडौँको होस्टलमा बसेर वैदेशिक रोजगारीमा जानका लागि तयारी गरिरहेका थिए । उनलाई होस्टलमै बस्ने  बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवले आक्रमण गरेका थिए । कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दुबै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...