नेभिगेशन
समाज

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।

Ncell
Extreme Energy

पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने छिन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले रास्वपा सांसद खगेन्द्र सुनारको आलोचना गरेका छन् ।
साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

यमनका इरान-सम्बद्ध हुथी विद्रोहीहरू र साउदी अरेबियाबीच युद्ध तीव्र बन्दै जाँदा पूर्वी सहर धहरानमा रहेको साउदी अरेबियाको सरकारी तेल कम्पनी 'साउदी अरामको'को प्रशासनिक भवनमा आक्रमण भएको छ।
डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपे। तर रोपाइँ सकिएसँगै उनलाई सिँचाइको चिन्ताले सताउन थालेको छ।
आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

बुधबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।