नेभिगेशन
समाज

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

खोटाङ । धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको हो ।

Ncell
Extreme Energy

गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए । “दुर्घटनाका सबै घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ । अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उनले भने, “पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौँ  ‘रेफर’ गरिसकेको छ । घाइते १४ जनाको यही उपचार भइरहेको छ ।”

अस्पतालले रेफर गरेका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विशन राईले जानकारी दिए । “दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो”, उनले भने, “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमो रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।”

घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भक्तजन चढेको ट्याक्टर दुर्घटना दिउँसो २ः०० बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्याक्टर दुर्घटनालगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजन चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...