नेभिगेशन
समाज

महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ ।
    
महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
    
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण  चारपाङग्रे सवारीसाधन आवागमन बनबासा पुलमा गर्न भारतीय पक्षले दिँदैन”, उनले भने, “पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि बर्सात भइरहेकाले बहाव बढ्न सक्छ ।”

Ncell
Extreme Energy

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्षातका बेला पानीको बहाव बढ्दा ठुला सवारी साधनलाई रोक लगाइने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।