नेभिगेशन
समाज

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली (तनहुँ) । अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुने भएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका जोड्ने पुलको पहुँच सडक बिग्रिएपछि रोकिएको सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असोज ११ गतेको बाढीले पुलको तनहुँतर्फको पहुँच सडकमा क्षति पुर्‍याएको थियो। त्यसयता पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने र नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने यात्रु तथा व्यवसायी प्रभावित हुँदै आएका छन्।

Ncell
Extreme Energy

बाढीले क्षति पुर्‍याएको नवलपुरतर्फको पहुँच सडक भने पुनर्निर्माण भइसकेको छ। तनहुँतर्फको सडक निर्माणका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन कार्यालय दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए। पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु र व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएको उनले बताए।

थापाले पहुँच सडक निर्माण छिटो सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताए।

यस्तै, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका अनुसार नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माण यसअघि नै सम्पन्न भइसकेको छ। उक्त सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...