नेभिगेशन
समाज

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

कञ्चनपुर । महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदी रहेको कुतियाकवरमा बर्सेनि बाढी पस्ने र नदीले जमिन कटान गर्ने समस्या थियो। बाढीको जोखिमका कारण कतिपय परिवारले बस्ती नै छाडेर अन्यत्र बसाइँ सरेका थिए। अहिले दुवै नदीमा पक्की तटबन्ध बनेपछि बस्ती सुरक्षित हुने आशा स्थानीयमा पलाएको छ।

Ncell
Extreme Energy

“बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए,” स्थानीय टेकबहादुर सुनारले भने, “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ। अब बस्तीमा बाढी पस्ने डर छैन।”

गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि बाढी र कटानको जोखिम कम भएको उनको भनाइ छ।

स्थानीय मोतिराम सुनारका अनुसार तटबन्ध बनेपछि बस्तीका बासिन्दाले राहत महसुस गरेका छन्। तर, खेतीपाती र आवतजावत सहज बनाउन जोगबुढा नदीमा पक्की पुल निर्माण गर्नुपर्ने आवश्यकता छ।

“पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ। अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो,” उनले भने, “अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्र्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ।”

तटबन्धले घटायो बाढीको त्रास

कुतियाकवरमा बाढीबाट जोगाउन दुईवटा सुरक्षित आश्रयस्थल (सेफहाउस) निर्माण गरिएका छन्। ती आश्रयस्थलले बाढीका बेला मानिसको ज्यान जोगाउन सहयोग गरे पनि अन्नपात, लत्ताकपडा र पशुचौपायामा हुने क्षति रोक्न सकेका थिएनन्।

स्थानीय सुक्कादेवी सुनारका अनुसार विगतमा बाढीले घरमा राखेको अन्न र लत्ताकपडासमेत बगाउने गरेको थियो। तटबन्ध बनेपछि भने बस्तीमा बाढी पस्ने जोखिम कम भएको छ।

“विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गर्थ्यो,” उनले भनिन्, “तटबन्ध बनेपछि हामी ढुक्क छौँ।”

महाकाली नदीको कटानका कारण कुतियाकवरको खेतीयोग्य जमिन बर्सेनि घट्दै गएको थियो। कटानले बस्ती नै जोखिममा परेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा दुवै नदीमा ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो। त्यसका लागि कुल पाँच करोड १६ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो।

आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले तटबन्ध निर्माणपछि स्थानीयवासीमा बाढीको त्रास कम भएको बताए।

“तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ,” उनले भने, “चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ।”

उनका अनुसार स्थानीयको मागअनुसार बस्ती संरक्षणका लागि थप संरचना निर्माण गर्ने योजना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...