नेभिगेशन
समाज

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

मस्कको आरोपमा भारत सरकारले दियो कडा स्पष्टीकरण

नयाँ दिल्ली । प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मस्कको आरोपपछि भारत सरकार र भारतीय एयरटेलले आधिकारिक प्रतिक्रिया दिँदै ती आरोपहरूलाई निराधार र गलत भनेका छन् ।

Ncell
Extreme Energy

मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय बजारमा आफ्नो एकाधिकार कायम राख्न केही प्रभावशाली कारोबारीहरू (ओलिगार्क) ले स्टारलिंकको स्वीकृतिमा बाधा पुर्‍याइरहेको दाबी गरेका छन् । उनले यस कदमलाई "भारतीय जनताविरुद्धको अपराध" को संज्ञा दिएका छन् ।

अक्टोबर ८ मा एक पोस्टको जवाफ दिँदै मस्कले भनेका छन्, "स्टारलिंकले संसारका १६५ भन्दा बढी देशहरूमा लाइसेन्स पाइसकेको छ र कम्पनीले भारत सरकारका सबै सर्तहरू पूरा गर्न विगत पाँच वर्षदेखि काम गरिरहेको छ। यस्तो अवस्थामा पनि भारतमा सेवा सुरु गर्न अनुमति किन मिलिरहेको छैन? के अम्बानी भारतका वास्तविक बोस हुन्?"

मस्कका अनुसार स्टारलिंकले भारतमा २० वटा गेटवे साइटहरू तयार पारिसकेको छ र कम्पनी फाइबर वा मोबाइल टावर नपुगेका दुर्गम ग्रामीण क्षेत्रमा शिक्षा, टेलिमेडिसिन र साना व्यवसायका लागि तीव्र गतिको इन्टरनेट पुर्‍याउन पूर्ण रूपमा तयार छ।

भारत सरकारको स्पष्टीकरण 

मस्कको अभिव्यक्ति सार्वजनिक भएलगत्तै भारतको सञ्चार मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै आरोपहरूको खण्डन गरेको छ। सरकारले भारतको स्याटेलाइट कम्युनिकेसन रेगुलेटरी सिस्टम पूर्ण रूपमा निष्पक्ष र गैर-भेदभावपूर्ण रहेको स्पष्ट पारेको छ।

सञ्चार मन्त्रालयका अनुसार, "स्याटेलाइट कम्युनिकेसनका लागि स्टारलिंकसहित तीनवटा कम्पनीहरूलाई टेलिकम लाइसेन्स दिइएको छ। सबै कम्पनीहरूले प्रयोगकर्ता र डेटा सुरक्षासम्बन्धी नियमहरूको अनिवार्य पालना गर्नुपर्छ। हाल तीनवटै कम्पनीहरू सुरक्षा जाँचको एउटै नियामक चरणमा छन्।" सुरक्षा जाँच पूरा भएपछि मात्र स्पेक्ट्रम बाँडफाँडको अर्को चरणमा जान पाइने भएकाले कसैमाथि भेदभाव भएको भन्नु तथ्यपरक नरहेको सरकारको भनाइ छ।

यसैबीच, भारतीय दूरसञ्चार कम्पनी भारती एयरटेलका अध्यक्ष सुनिल भारती मित्तलले पनि मस्कको आरोपलाई खारेज गरेका छन् । उनले एयरटेल समर्थित स्याटेलाइट कम्पनी 'युटेलसैट वानवेब' पनि भारतमा व्यावसायिक सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको जानकारी दिएका छन् ।

स्टारलिंकको भारत यात्रा र स्पेक्ट्रम विवाद 

मस्कको कम्पनी स्पेसएक्सअन्तर्गतको स्टारलिंकले सन् २०२२ देखि भारतमा सेवा सुरु गर्ने प्रयास थालेको थियो । कम्पनीले जुन २०२५ मा दूरसञ्चार विभागबाट 'जीएमपीसीएस' लाइसेन्स प्राप्त गरेको थियो भने सेप्टेम्बर २०२५ मा परीक्षणका लागि स्पेक्ट्रम पाएको थियो। तर, अन्तिम व्यावसायिक स्वीकृतिका लागि अझै सुरक्षा अनुमतिहरू बाँकी छन् ।

यसअघि स्टारलिंकको भारत प्रवेशका क्रममा स्पेक्ट्रम बाँडफाँडलाई लिएर विवाद भएको थियो। मस्कले स्याटेलाइट स्पेक्ट्रमको 'प्रशासनिक बाँडफाँड' हुनुपर्ने माग गरेका थिए भने रिलायन्स जियो लगायतका भारतीय कम्पनीहरूले 'लिलामी' को वकालत गरेका थिए। अन्ततः भारत सरकारले मस्कको अडानअनुरूप नै स्पेक्ट्रमको प्रशासनिक बाँडफाँड गर्ने नीति तय गरेको थियो ।

चाखलाग्दो कुरा के छ भने, ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धी भए पनि मार्च २०२५ मा रिलायन्स जियो र भारती एयरटेल दुवैले स्टारलिंकका उपकरणहरू आफ्ना रिटेल नेटवर्कमार्फत बिक्री गर्न सम्झौतासमेत गरिसकेका छन् । हाल भारतमा स्टारलिंक, रिलायन्स जियो र युटेलसैट वानवेब गरी तीनवटा कम्पनीहरू स्याटेलाइट इन्टरनेटको प्रतिस्पर्धामा रहेका छन् । बिबिसी हिन्दी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...