नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्‍याइएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको छ। मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेपछि समय थप गरिएको हो।

Ncell
Extreme Energy

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयनका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँको मौसमबारे चासो बढिरहेका बेला आगामी दिनमा मौसम सामान्यतया राम्रो रहने अनुमान गरिएको छ।
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।