नेभिगेशन
समाज

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले ५८.९ मेगावाटको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाटको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको हो।

Ncell
Extreme Energy

बैठकबाट नार खोलाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र सानी भेरी–३ का लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत भएको छ। दुवै आयोजनाको कुल क्षमता १०५.६२ मेगावाट र कुल लागत २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ छ।

बैठकले अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने निर्णयसमेत गरेको छ। ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको हकमा भने परियोजना विकास सम्झौतामा भएको व्यवस्थाअनुसार तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ।

त्यसैगरी, स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई प्रदान गरिने सेवा प्रभावकारी बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ।

बोर्डले आफैँले प्रस्ताव आह्वान नगरेका आयोजनालाई आवश्यकताअनुसार स्विस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्नसमेत कार्यालयलाई निर्देशन दिएको छ।

कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार निर्माणका लागि लगानी प्रस्ताव आएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्‍याउने योगदानलाई आधार बनाएर त्यस्ता आयोजना विकासलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायत सदस्य तथा उच्चपदस्थ अधिकारी सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक...
एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा सहमति जुट्न सकेन। विभिन्न पदमा मनोनयनका लागि नेताहरूका नाममा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक शनिबार...
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...