नेभिगेशन
समाज

एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा सहमति जुट्न सकेन। विभिन्न पदमा मनोनयनका लागि नेताहरूका नाममा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक शनिबार पनि बस्ने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा केन्द्रीय कमिटीमा रिक्त रहेका सदस्य, पोलिटब्युरो सदस्य तथा स्थायी कमिटीमा रिक्त पदमा मनोनयन गर्ने विषयमा छलफल भएको थियो।

Ncell
Extreme Energy

बैठकपछि एमाले सचिव पद्मा अर्यालले रिक्त पदमा मनोनयन गर्ने विषयमा स्थायी कमिटी सदस्यहरूले आ–आफ्ना सुझाव प्रस्तुत गरेको जानकारी दिइन्। विभिन्न नाममा छलफल भए पनि सहमति जुट्न नसकेको उनले बताइन्।

बैठकमा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले ११ वर्षपछि आफू पुनः सक्रिय पार्टी जीवनमा फर्किएको प्रसंग पनि उठाएकी थिइन्।

सचिव अर्यालका अनुसार भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको रक्षा गर्नु लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलहरूको मुख्य दायित्व भएको धारणा राखेकी थिइन्।

विगतका आन्दोलनमा आफू स्वयं सहभागी भएको स्मरण गर्दै भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन तथा पार्टीमा आबद्ध भएर योगदान पुर्‍याउने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको बताएकी थिइन्।

रिक्त पदमा मनोनयन र पार्टीको आन्तरिक जिम्मेवारी बाँडफाँटबारे छलफललाई निरन्तरता दिन एमाले स्थायी कमिटीको बैठक शनिबार पुनः बस्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।