नेभिगेशन
समाज

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरेको छ।

Ncell
Extreme Energy

बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका गतिविधिविरुद्ध आन्दोलनको तयारीलाई अभियानले प्राथमिकता दिने जानकारी दिए।

बैठकले पार्टीका वडा, पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशनको कार्यतालिकासमेत तय गरेको छ। जसअनुसार पुस ११ गते देशभरका सबै वडामा एकैदिन अधिवेशन गरिनेछ भने माघ १५ गते सबै पालिकामा पालिकास्तरीय अधिवेशन आयोजना गरिनेछ।

स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए।

त्यस्तै, ‘ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित बैठकले विशेष प्रस्ताव पारित गरेको उनले बताए।

युवा सहभागिता ५० प्रतिशत पुर्‍याउने

नेकपाले पार्टीका कार्यक्रमहरूमा युवा सहभागिता ५० प्रतिशत सुनिश्चित गर्ने निर्णय गरेको छ। युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै पार्टीका गतिविधिमा युवाको सहभागिता बढाउने निर्णय गरिएको प्रवक्ता ज्वालाले बताए।

बैठकले प्रवासमा रहेका नेपाली, श्रमजीवी मजदुर र किसानबीचको पार्टी कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ।

राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको संगठन विस्तार, महाधिवेशनको तयारी र आगामी निर्वाचनका लागि राजनीतिक आधार तयार पार्ने नेकपाको योजना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।