नेभिगेशन
समाज

गल्छीमा सडक भासियो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । धादिङको गल्छीमा सडक भासिएपछि पृथ्वीराजमार्ग हुँदै मुग्लिन–काठमाडौं आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सडकको बीच भागमा चिरा परेर भासिन थालेपछि दुवैतर्फको यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार तीन मिटर चौडाइ र २५ मिटर लम्बाइ सडक भासिएको छ।

सडक अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै काठमाडौं र मुग्लिनतर्फ यात्रा गर्ने सवारीसाधन रोकिएका छन्। सडक भासिएको स्थानमा थप क्षति हुन सक्ने भएकाले तत्काल आवतजावत सहज हुने अवस्था स्पष्ट भइसकेको छैन। बस्नेतका अनुसार ग्यास बुलेट पल्टिएका कारण यसअघि नै पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।

भर्खरै