नेभिगेशन
समाज

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी अध्यादेश जारी भएको हो। भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

Ncell
Extreme Energy

सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

भोटेकोशी बाढीलगायत विपद्का घटनालाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याइएको हो।

हाल प्रचलित व्यवस्थाअनुसार १२ वर्षदेखि बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ। विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको हकमा यो अवधि घटाएर ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा समेटिएको जनाइएको छ।

त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न सरकारले छुट्टै अध्यादेश सिफारिस गरेको थियो। उक्त अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश छ।

भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि मात्रै ती अध्यादेशमा प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।

भर्खरै