नेभिगेशन
समाज

आज सोह्र श्राद्ध समापन, भोलिदेखि बडादसैँ सुरु

काठमाडौं । दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गरी आज सोह्र श्राद्ध समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आश्विन कृष्ण औँसीका दिन समाप्त हुन लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पितृ पक्षको अन्तिम दिन आज औँसी तिथिमा श्राद्ध गरिन्छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्न सकिने शास्त्रीय मान्यता छ।

Ncell
Extreme Energy

आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह श्राद्ध भने आइतबार गरिनेछ। मातामह भन्नाले आमाका बुबा अर्थात् मावली हजुरबुबा बुझिन्छ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।

रोकिएको श्राद्ध गर्न सकिने विकल्प

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कुनै कारणवश आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था छ।

त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने मान्यता छ। त्यस दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्मको उपयुक्त समय जुराएर गर्न सकिने उनले बताए।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेका बेला पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ।

त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक दैनिक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले बताए।

गोकर्ण, बेत्रावती र देवघाटमा श्रद्धालुको भीड

सोह्र श्राद्धका अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगयासहित नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायत तीर्थस्थलमा पितृको नाममा श्राद्ध गर्ने श्रद्धालुको भीड लाग्ने गर्छ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै यस वर्षको दसैँको धार्मिक अनुष्ठान प्रारम्भ हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।