नेभिगेशन
समाज

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। यो कुल खसेको मतको ९३.८८ प्रतिशत हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ५४ मत बदर भएको छ।

Ncell
Extreme Energy

कुल खसेको मतमध्ये खड्गीले ५.३५ प्रतिशत मत पाएका छन् भने ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका हुन्।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए। उनीसहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा विजयी भएका हुन्।

WhatsApp-Image-2026-10-10-at-04.56.23-1791592292.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।