नेभिगेशन
समाज

शेरबहादुर देउवाको गृहजिल्लामा अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति डधेलधुरा  साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा नं १२ स्थित खजुरानी र तुलाभाडी गाउँ) ५ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। डडेलधुरा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

Ncell
Extreme Energy

समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यी परिवारहरू २०४५ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्।

समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि र केही जग्गा कृषि प्रयोजनका लागि छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।
कास्कीको घलेखर्कमा भारी वर्षा

कास्कीको घलेखर्कमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले कास्कीको घलेखर्कमा भारी वर्षा भएको बताएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ७३.८  मिलिमिटर वर्षा भएको छ।