नेभिगेशन
समाज

झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको यस्तो पहल

भद्रपुर । नेपाली चियाको गुणस्तर सुधार्न र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्ने पहल गरिने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय झापाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजना गरेको चिया उद्योगी तथा सरोकारवालाबीचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको हो।

Ncell
Extreme Energy

चिया उत्पादनको लामो इतिहास बोकेको झापामै परीक्षण प्रयोगशाला स्थापना भए गुणस्तर परीक्षण सहज हुने र चियाको गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीले बताएका थिए। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा मात्रै चिया परीक्षण प्रयोगशाला रहेको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा बनाएको पहिचान कायम राख्न गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए।

“चियाको गुणस्तर कायम राख्नु उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो। तयारी चियामा अखाद्य तथा बाह्य पदार्थको मिसावट रोक्न र खाद्य सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ,” उनले भने।

उनले चिया उत्पादनदेखि प्याकेजिङ र बजारसम्म गुणस्तर कायम राख्न सम्बन्धित निकाय, उद्योगी तथा व्यवसायीबीच समन्वय आवश्यक रहेको बताए।

अन्तरक्रियामा तयारी चियाको गुणस्तर, खाद्य सुरक्षा मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर तथा मापदण्डविपरीत रङ वा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानुनअनुसार हुने दण्ड, जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ चिया उद्योग सञ्चालनमा छन्। गत आर्थिक वर्षमा झापामा नौ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो।

झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ। त्यसमध्ये तीन हजार ६०० हेक्टरमा साना किसानले खेती गर्दै आएका छन्। जिल्लामा करिब तीन हजार किसान चिया खेतीमा संलग्न छन्।

कार्यक्रममा चियामा बाह्य पदार्थको मिसावट रोक्ने, गुणस्तर सुधार गर्ने र किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। मल वितरण प्रणाली प्रभावकारी बनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।