नेभिगेशन
समाज

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

चितवन । नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ। अण्डा उत्पादन र खपत दुवै बढाउन सरकारी तथा निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार चितवनमा आयोजना गरेको छलफलमा सहभागीले अण्डाको पोषण महत्त्वबारे जनचेतना बढाउन र किसानलाई उत्पादनका लागि प्रोत्साहित गर्न आवश्यक रहेको बताए।

Ncell
Extreme Energy

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग गरे उत्पादन बढाउन सकिने बताए। उनका अनुसार अण्डाले लागतअनुसारको मूल्य पाउन थालेपछि कुखुरापालनमा किसानको आकर्षण बढ्न थालेको छ।

“अण्डा उपभोग बढाउन आफूहरूले गर्ने आग्रहलाई व्यवसायसँग जोडेर हेरिन्छ। त्यसैले सरकारी तवरबाट यस विषयलाई आम जनतासम्म पुर्‍याइदिनुपर्छ,” पोखरेलले भने।

उनका अनुसार भारतबाट भन्सार छलेर आउने अण्डाको आयात गत वैशाखदेखि रोकिएपछि नेपाली किसानले केही राहत महसुस गरेका छन्। अहिले देशभर दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ। कोभिड–१९ महामारीअघिको अवस्थामा जस्तै दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्यसहित किसानलाई संगठित गरेर उत्पादन बढाउने प्रयास भइरहेको उनले बताए।

पोखरेलका अनुसार चार वर्षअघि करिब १२० रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले बढेर १८० पुगेको छ। बजारमा ३० वटा अण्डाको एक क्यारेटको मूल्य करिब ६ सय रुपैयाँ पुगेको छ। संघका अनुसार एउटा अण्डा उत्पादन गर्न किसानको लागत १९ रुपैयाँ १२ पैसा पर्छ।

विद्यार्थीको दिवा खाजामा हरेक दिन अण्डा समावेश गर्ने व्यवस्था सरकारले गरे किसानले प्रतिअण्डा पाँच रुपैयाँ छुट दिन तयार रहेको पोखरेलले बताए।

नेपालमा अण्डा खपत विश्वको औसतभन्दा निकै कम

कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक अण्डा खपत ६९ वटा छ। यो विश्वको औसतभन्दा निकै कम हो।

उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ अण्डा खपत हुन्छ। एसियामा यो संख्या १८७ र दक्षिण एसियामा ८७ छ।

छिमेकी मुलुकमध्ये भारतमा प्रतिव्यक्ति वार्षिक ११२, श्रीलंकामा १३२ र बंगलादेशमा १३७ अण्डा खपत हुने गरेको उनले बताए। पाकिस्तानमा ४८ र अफ्रिकामा ४० अण्डा प्रतिव्यक्ति वार्षिक खपत हुने गरेको उनको प्रस्तुति थियो।

गौतमका अनुसार सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक अण्डा खपत ६० वटा थियो। अहिले बढेर ६९ पुगेको छ। यस अवधिमा अण्डा खपत करिब १५ प्रतिशत बढेको छ भने जनसंख्या वृद्धि करिब ६ प्रतिशत रहेको उनले बताए।

विश्वमा सबैभन्दा बढी अण्डा उत्पादन गर्ने देश चीन हो भने भारत दोस्रो स्थानमा छ। नेपालमा पनि उत्पादन बढाउनुका साथै खपत विस्तार गर्नुपर्ने गौतमको भनाइ थियो।

विद्यालयको दिवा खाजामा अण्डा राख्न सुझाव

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डा उत्पादन बढाएर मात्रै नपुग्ने भन्दै यसको खपत बढाउने कार्यक्रम पनि आवश्यक रहेको बताए।

उनका अनुसार सरकारले अण्डाको प्रयोग बढाउन प्रचारात्मक काम गरिरहेको छ। किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन जारी गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। प्रस्तावित व्यवस्थामा किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर र किसान तथा परिवारलाई यातायातमा छुट दिनेजस्ता विषय समावेश गरिएको उनले बताए।

कार्यक्रमका सहभागीले विद्यालयको पाठ्यक्रममा अण्डाको पोषण महत्त्व समावेश गर्न, दिवा खाजामा अण्डाको प्रयोग बढाउन र किसानले उत्पादनको लागतअनुसार मूल्य पाउने अवस्था सिर्जना गर्न सरकारसँग आग्रह गरे।

प्रोटिनसँगै अन्य पोषक तत्त्वको स्रोत

वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताए।

उनका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी र ई, फोलेट, फस्फोरस, सेलेनियम तथा जिंकजस्ता पोषक तत्त्व पाइन्छन्।

अण्डाको पोषण महत्त्वबारे आम नागरिकलाई सही जानकारी दिनुपर्नेमा जोड दिँदै उनले पहेँलो भागसमेत खान मिल्ने बताए। बालबालिकालाई अण्डा खुवाउने विषयमा उमेरअनुसार उपयुक्त पोषणसम्बन्धी सल्लाह लिनुपर्ने उनको भनाइ थियो।

युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले पनि नेपालमा अण्डा उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आएको बताए। निजी र सरकारी क्षेत्रबीच साझेदारी भए मात्रै उत्पादन र खपत दुवै बढाउन सकिने उनको भनाइ थियो।

अण्डाको पोषणसम्बन्धी जानकारी आम नागरिकसम्म पुर्‍याउने, किसानलाई उत्पादनमा प्रोत्साहित गर्ने र विद्यालयको दिवा खाजामार्फत खपत बढाउने उपायलाई प्रभावकारी रूपमा अघि बढाउन सके नेपाली अण्डा व्यवसायलाई थप विस्तार गर्न सकिने सरोकारवालाको निष्कर्ष थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।