नेभिगेशन
समाज

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा ई–लोडरमा ल्याउँदै गरेका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको हो।

Ncell
Extreme Energy

गणका सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार बरामद सामानको मूल्य तीन लाख ३४ हजार ९४५ रुपैयाँ छ। सामान ओसार्न प्रयोग गरिएका दुई वटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सामान र ई–लोडरसहित १३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमाक्षेत्रबाट भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका किराना तथा कस्मेटिक सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले बरामद गरेका ती सामानको मूल्य एक लाख एक हजार ६९० रुपैयाँ रहेको छ। ती सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।