नेभिगेशन
समाज

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

काठमाडौँ। मध्य अमेरिकी देश पानामामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । राजधानी पानामा सिटीसहित देशका विभिन्न भागमा धक्का महसुस गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु हेर्रेरा प्रान्तको पितालोसा अरिबा क्षेत्र नजिक थियो । भूकम्पपछि दर्जनौँ परकम्पसमेत गएका छन् ।

Ncell
Extreme Energy

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर कार्यालयको केही भाग भत्किएको छ । प्लाया भेनाओ क्षेत्रमा पनि भवन भत्किँदा पार्किङमा राखिएका गाडीमा क्षति पुगेको छ ।

हेर्रेरा प्रान्तको टोनोसी र लस मिनास क्षेत्रमा घरहरूमा क्षति पुगेको छ भने लस सान्तोस प्रान्तका केही तटीय क्षेत्रमा पनि असर परेको छ । देशका विभिन्न स्थानमा सडक, चर्च, सरकारी भवन तथा खानेपानी प्रशोधन केन्द्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

राजधानी पानामा सिटीमा भवनहरू खाली गराइएको थियो भने मेट्रोका दुई लाइनको सेवा अस्थायी रूपमा रोकिएको थियो । टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पनि केही समय प्रभावित भएको थियो ।

भूकम्पपछि केही व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि प्रारम्भिक सरकारी विवरणमा मानवीय क्षतिको पुष्टि भएको छैन । पानामा नहर भने नियमित सञ्चालनमा रहेको अधिकारीहरूले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बिपी राजमार्ग अवरुद्ध

बिपी राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...