नेभिगेशन
समाज

योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिन र आन्तरिक एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीलाई तीनबुँदे सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउन आग्रह गरेका हुन्।

Ncell
Extreme Energy

उनले पार्टी अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको सुझावमा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने, विगतमा छुटेका भूगोल र समुदायलाई समेट्दै आन्तरिक सन्तुलन कायम गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउन उनले आग्रह गरेका छन्। 

उनले आसन्न निर्वाचनलगायत चुनौती सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गर्दै एकतालाई खण्डित गर्ने निर्णय नगर्न पनि सचेत गराएका छन्। केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा सहमति जुट्न नसके ती एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने उनको सुझाव छ।

असोजको पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउने विषय उठाएको उनले स्मरण गराएका छन्।

पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका अधिवेशन आयोजना गर्ने निर्णय गरेको सन्दर्भमा उनले संगठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउँदै आन्तरिक र राष्ट्रिय महत्त्वका विषयमा सकारात्मक निष्कर्षमा पुग्नुपर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत...