नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ । निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ । 

Ncell
Extreme Energy

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् । 

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन् । 

थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउन आग्रह गरेका हुन्।
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत...