नेभिगेशन
समाज

पत्रकार अनिललाई रेखा यादव स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ । पत्रकार अनिल यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल यादव सेवा समितिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष नेपालखबर डटकममा कार्यरत यादवलाई प्रदान गरिएको हो। यादव चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) का उपाध्यक्षसमेत हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार समितिको २९औँ साधारणसभाका अवसरमा ललितपुरको सानेपास्थित राधाकृष्ण अतिथि सदनमा आयोजित विशेष समारोहमा यादवलाई पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

Ncell
Extreme Energy

समितिले विभिन्न विधामा योगदान पुर्‍याउने अन्य पाँच जनालाई समेत पुरस्कृत गरेको छ। खेलकुदतर्फ कबड्डी खेलाडी आश्मा यादव, गायनतर्फ निशाकुमारी यादव, कानुनतर्फ अधिवक्ता विजयकुमार यादव, कृषितर्फ अभय यादव र गीता वाचनतर्फ राजकुमार यादव पुरस्कृत भएका हुन्।

नेपाल यादव सेवा समितिका अध्यक्ष भुवनेश्वर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. उमाकान्त राय यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत (सूची)

आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

योगेश भट्टराईले दिए ओलीलाई तीनबुँदे सुझाव

स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन मिलाउन आग्रह गरेका हुन्।