नेभिगेशन
समाज

बुढीगण्डकीमा बाढी, सतर्कता अपनाउन प्रशासनले गर्‍यो आग्रह

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा भेलबाढी आएको छ। चुुम्चेत स्यारखोलामा भेलबाढी आएकाले बुढीगण्डकीको जलसतह बढेको जानकारी आएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘चुमखेततिरबाट बगेर आउने खोलामा बाढी आएको छ भन्ने सूचना पाएका छौं। बाढी ठूलो नभए पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौं। नदीमा कतै सुख्खा पहिरो झरेको र थुनिँदै बग्दै गरेकाले बहाव ठूलो भएको हुनसक्छ, हामीले त्यहाँका सुरक्षा निकायलाई अलर्ट गराइसकेका छौं,’ उनले भने।

Ncell
Extreme Energy

उनका अनुसार सल्लेरी, जगत, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत, आरुघाट लगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।
गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुढीगण्डकी नदीमा आएको भेलबाढीले जगतमा केही घरहरू बगाएको बताएका छन्।
बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म बाढीको जोखिम, विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

बुढीगण्डकी बाढी : त्रिशूली दोभानसम्म बाढीको जोखिम, विपद् प्राधिकरणले जारी गर्‍यो अलर्ट

बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम त्रिशूली दोभानसम्म रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आज कहाँ कहाँ हुँदैछ वर्षा ?

आज कहाँ कहाँ हुँदैछ वर्षा ?